हाम्रो बारेमा

झि पुच: बिराटनगर नेपलभाषा र संस्कृतिको संरक्षण गर्दै आज ४४ वर्षको यात्रा पूरा गरेको छ| पुच:बाट यो ४४ वर्षमा जे जति कार्यहरू सम्पन गरियो त्यो सबैले अनुभव गरेकै कुरा हो |अग्रजहरूले गर्नुभएको कार्यको प्रेरणाले नै अब आउने दिनहरूमा पनि झि पुच: अगाडि बढ्ने विश्वास हामी दिलाउछौं | झि पुच:को मूलभूत उद्देश्य आफ्नो भाषा संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु रहेपनि यो संस्था यसे परिधिभित्र मात्र सिमित नरही यसले देशभित्र अन्य सामाजिक कूयाकलापमा पनि योगदान| पुन्‍्याउँदे आइरहेको छ | त्यसैले यस संस्थालाई देशको एउटा उत्कृष्ट संस्थाको रूपमा सम्मान प्राप्त छ।

यस संस्थाको उपलब्धि भनेको आफ्नो भाषा | संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दे देशका सबै जातजातिसँग सुमधुर सम्बन्ध कायम गर्दै समुदायलाई संगठित रूपमा एक ढिक्का बनाएर अगाडि बढाउन सकनु हो|

यही क्रममा यस संस्थाले विगत केही बर्षदेखि मुलुकभित्र तथा बाहिर रहेका भाषा र संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा नेवार समुदायको उत्थान एवं बिकासका लागि सक्रीय योगदान पुर्याउदै आईरहेको बिसिस्ट व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ| यसै अनुरुप झि पुच: मा स्थापन गरिएको रु २ लाख रकम र ताम्रपत्र सहितको “सुदर्शन-कपिला सिरपा” पहिलो पल्ट ने.सं. ११४० मा

मा वाडमय शताब्दी पुरूष संस्कृतिविद्‌ स्व. भाजु सत्यमोहन जोशीलाई प्रदान गरियो भने दोस्रो पटक नेसं. ११४२ मा देश बाहिर भारतको सिक्किममा नेपालभाषा र संस्कृतिलाई धेरै महत्व दिएर कार्य गरिरहेको सिक्किम नेवाः गुठीलाई उक्त सिरपाले सम्मान गरियो | यस क्रमलाई निरन्तरता दिंदै यस वर्ष आफनो भाषा र संस्कृतिको क्षेत्रमा उल्लेखनीय कार्य गरी नेवार समुदायको पहिचानको जगेरना गर्न लागिपरेको गण्डकी प्रदेश पोखराको “नेवा: खल: कास्की” लाई यो गौरवपूर्ण सिरपा “सुदर्शन-कपिला सिरपा” प्रदान गर्न लागिएको छ । यस्ता ब्यक्ति तथा
संस्थाहरू जो भाषा तथा संस्कतिको क्ष्षेत्रमा कार्य गर्दे आउनुभरको छ उहाँहरूलाई यो सम्मान प्रदान गर्न पाऊँदा झि पुच: ले आफूलाई गौरवशाली सम्भनु स्वभाविक हो|

झि पुच:मा भइरहेको कार्यक्रमहरूलाई परभाब्कारी ढंगमा निरन्तरता दिदै आगामी दिनहरूमा हाम्रो अग्रहरूले देखनुभएको सपना झि पुच: नेपालभाषा सांस्कृतिक संग्रहालयको निर्माण कार्य द्वूत गरिमा सम्पादन भईरहेको छ| उत्त संग्रहालय॑क्ी निर्माण कार्य यसै वर्ष ने.सं. ११४४ मा नै सम्पन्न गर्न योजनालाई साकार पार्न कार्यसमिति सक्रियतापूर्वक लागि परिरहेको छ|